coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रासायनिक हतियार प्रयोग’बारे अनुसन्धान गर्न आग्रह

दमास्कस– देशको पूर्वी दोमा क्षेत्रमा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धान गर्नका लागि सिरिया आउन सिरियाली सरकारले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

मंगलबार सिरियाली विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गरी राष्ट्रसंघको रासायनिक हतियार निषेध सम्बन्धी संस्था (ओपिसिडब्लू)लाई पत्राचार गर्दै अनुसन्धानका लागि विज्ञको समूह पठाउन अनुरोध गरेको सिरियाली राज्य सञ्चालित समाचार एजेन्सी साना न्यूजले उल्लेख गरेको छ ।

‘सिरियाली सरकारले रासायनिक हतियार आक्रमणबारे आएका सूचनाबारे अनुसन्धानका लागि जुनकुनै सहयोग उपलब्ध गराउनेछ र हामीलाई लाग्छ राष्ट्रसंघबाट आउने टोलीले घटनाबारे वास्तविक, पारदर्शी तथा विश्वसनीय आधार खोज्नेछ,’ सिरियाली विदेश मन्त्रालयले जारी गरेको    विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसंघ प्रमुख एन्टेनियो गुटेर्रेसले दोमा सहरमा भएको भनिएको रासायनिक हतियार प्रयोग र त्यसबाट ठूलो संख्यामा सिरियाली नागरिकको मृत्यु भएको भन्ने हालैका आरोपप्रति गम्भिर बन्दै अनुसन्धानका लागि विश्वसमुदायलाई सहयोग गर्न सिरियाली सरकारलाई आग्रह गरेपछि सिरियाको यस्तो प्रतिक्रिया आएको बताइएको छ ।

 

प्रकाशित: २८ चैत्र २०७४ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App