coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी एकीकरणपछि नयाँ युग : दाहाल

धनकुटाको पाख्रिबासमा मंगलबार आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।तस्बिर : नागरिक

धनकुटा– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ९ गते पार्टी एकता घोषणा गरेर देशलाई नयाँ युगमा लैजाने बताएका छन्।

‘विशाल जनसमुदायका बीचमा एकीकृत पार्टी घोषणा गर्नेछौं । त्यसपछि नयाँ आर्थिक विकासको युग सुरु गर्नेछौं  ।  सामाजिक न्याय र विकास केन्द्रको निर्माण गर्नेछौं,’ अध्यक्ष दाहालले मंगलबार धनकुटाको पाख्रिबासमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज उद्घाटन तथा भवन शिलान्यास कार्यक्रममा भने । उनले  पार्टी एकीकरण घोषणाका विषयमा बुधबार  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरी अन्तिम निर्णय गर्ने बताए।

उनले भने, ‘एक दशकभित्र नेपाललाई तीव्र विकास भएको देश बनाउन सकिन्छ । अहिले वामपन्थी सरकारले अवसर पाएको छ र यसलाई सदुपयोग गर्नुपर्छ ।’ उनले प्राविधिक, व्यावसायिक र रोजगारमूलक व्यावसायिक शिक्षा नीति कार्यान्वयन भएपछि शैक्षिक बेरोजगार अन्त्य हुने बताए । उनले भने, ‘त्यसपछि पिएचडी गरेर अपमानजनक रुपमा विदेशमा काम गर्न जाने दिन सकिनेछ।’


 


 

 

प्रकाशित: २८ चैत्र २०७४ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App