७ वैशाख २०८१ शुक्रबार
अर्थ

गैंडाकोटमा एनआइसी एसिया

काठमाडौं– एनआइसी एसिया बैंकले नवलपरासीको  गैंडाकोट नगरपालिका–४ मा नयाँ शाखा विस्तार गरेको छ । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

सञ्चालक अर्यालले सर्वसाधारणको हितलाई ध्यानमा राख्दै बैंकले बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको विज्ञप्तिमा उल्लेख छ । बैंकको देशभर एक सय ९२ शाखा कार्यालय, एक सय ९५ एटिएम, चारवटा एक्स्टेन्सन काउन्टरका साथै चारवटा शाखारहित बैंकिङ सेवा दिइरहेको बैंकको विज्ञप्तिमा छ।
 

प्रकाशित: २८ चैत्र २०७४ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App