६ वैशाख २०८१ बिहीबार
खेल

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

नयाँ दिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले चेन्नई सुपर किंग्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

एम चिदमबरम स्टेडियममा टस हारेर व्याटिंको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पार्यो। कोलकाताका लागि आन्द्रे रुसेलले विस्फोटिक व्याटिंग गर्दै नटआउट ८८ रन बनाए। ३६ बल खेलेका उनले ११ छक्का र १ चौका प्रहार गरे।

रोबिन उथप्पाले २९ रनमा आउट भए। १६ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गरे। कप्तान दिनेश कार्तिकले २६ रन बनाए। २५ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरे।

क्रिश ल्यानले १६ बलमा ४ चौकासहित २२ रन जोडे। नितिश रानाले १६, सुनिल नारिने १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ चेन्नईका सेन वाट्सनले २ विकेट लिए। हरभजन सिंह, रभिन्द्र जादेजा, शरदुल ठाकुरले समान १ विकेट लिए।   

प्रकाशित: २७ चैत्र २०७४ १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App