coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यस्तो देखियो बिस्केट जात्राकाे राैनक (फाेटो र भिडियो)

भक्तपुर– नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात र नौ दिनसम्म मनाइने बिस्केट जात्रामा मंगलबार पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ। तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो। 

तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजान रथ तान्ने गर्दछन्। रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ। 

तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे यो जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App