७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रिपरिषद बैठक बस्दै, दुवै प्रहरीको आईजिपी नियुक्ति गर्ने

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तिको लागि मन्त्रिपरिषद बैठक बस्दै छ।  

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे सात बजे बोलाइएको मन्त्रिपरिषद बैठकले दुवै सुरक्षा निकायको आइजिपी नियुक्ति गर्ने छ। भोलीदेखि दुवै सुरक्षा निकायका प्रमुखले ३० वर्षे अवधिका कारण अवकाश पाउँदै छन्।

मंगलबार बिहान पनि मन्त्रिपरिषद बैठक बसेको थियो। यस अघि आइजिपी नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको थियो।

प्रकाशित: २७ चैत्र २०७४ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App