७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी प्रवेश गर्नेलाई एमालेले उचित जिम्मेवारी दिने

काठमाडौं— प्रमुख विपक्षी नेपका एमालेले आफ्नो पार्टीमा सामहित हुने राजनीतिक व्यक्तित्वलाई उचित सांगठनिक जिम्मेवारी दिने निर्णय गरेको छ।

समाहित हुने चाहनेहरुसँग छलफल गर्न एवं उपयुक्त जिम्मेवारी व्यवस्थापन गर्न एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वको कार्यदलले बिहीबार यस्तो निर्णय गरेको हो।

कार्यदल बैठकले विचार र व्यवहार मिल्ने राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई एमालेमा एकताबद्ध गर्न सम्वाद अघि बढाउने निर्णय पनि गरेको छ। यसअघि पार्टीमा समाहित भइसकेकाहरुलाई उचित सांगठनिक जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।

यसको गृहकार्यगरी पार्टी स्थायी समितिमा पेश गरिने एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यदलमा संयोजक महासचिव ईश्वर पोखरेल र सदस्यहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली रहेका छन्।
 

प्रकाशित: ९ भाद्र २०७३ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App