६ वैशाख २०८१ बिहीबार
शिक्षा

भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चितवन– भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ। 

स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ। 

सोसम्बन्धी सम्झौतामा महानगरपालिकाका तर्फबाट महानगर प्रमुख रेणु दाहाल र विश्वविद्यालयका तर्फबाट सियाङ्या नर्सिङ स्कुलका डिन प्रा थाङ सियुआनले हस्ताक्षर गरेका छन्। महानगरपालिकाका तर्फबाट डा विश्वास श्रेष्ठले सम्झौताका लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए।

सम्झौताबाट दुई देशबीच सामाजिक र सांस्कृतिक ज्ञान आदानप्रदानका साथै जेहेन्दार विद्यार्थीलाई विशेष अवसर सिर्जना गर्ने र आफूले उच्चशिक्षा हासिल गरेका जनशक्ति प्राप्त गर्ने विश्वास महानगरपालिकाले लिएको छ। रासस

प्रकाशित: २७ चैत्र २०७४ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App