coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पल्सर स्पोर्टस् अवार्ड जेठमा हुने

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ।

मञ्चले मंगलबार काठमाडौं पत्रकार सम्मेलन गर्दै खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ।

विगतका वर्ष जस्तै यसपटक पनि पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए।

हंसराज हुलासचन्द्र एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि यसपटक २० लाख बराबरको सहयोग गर्ने भएको छ। पत्रकार सम्मेलनमा सो कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।

उक्त सम्झौता नवीकरण मात्र हो। कम्पनीले मञ्चसँग आठ वर्षको लागि यसअघि नै सम्झौता गरिसकेको छ। कम्पनीका निर्देशक गोल्छाले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले यसले आम जनतालाई एकतामा बाँध्ने कामसमेत गर्ने विचार व्यक्त गरे।

प्रकाशित: २७ चैत्र २०७४ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App