coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बिनोद भण्डारीको महेन्द्रनगर डिपिएलको क्वालिफायरमा

कैलाली –  बिनोद भण्डारले नेतृत्व गरेको महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डिपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ।

आज भएको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेको हो। यो सँगै सिवाइसी अत्तरिया प्रतियोगिताबाट बाहिरिएको छ। विजयी महेन्द्रगरले अब फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्सको सामना गर्नेछ। काठमाडौं आज भएको प्लेअफ खेलमा टिम चौराह धनगढीसँग पराजित भएपनि फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो।

महेन्द्रनगर युनाइटेडले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको अत्तरिया २० ओभरमा ४ विकेट गुमाउदै १ सय १५ रनमा समेटियो। अत्तरियाका लागि कप्तान सुवास खकुरेलले ३०, बिपिन चन्द्राले नटआउट २८, दिपेन्द्रसिंह ऐरीले २७, गौरव चित्कराले १४ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन। अत्तरियालाई सस्तैमा समेटन महेन्द्रनगरका रोबिन क्षेत्रीले २ तथा भुवन कार्कीले एक विकेट लिए। रोबिन खेलको म्यान अफ दि म्याच घोषित भए।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनायो। महेन्द्रनगरका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौंका छक्का प्रहार गरे।

त्यस्तै पुनित मेहराले २९ बलमा २ चौंका र १ छक्काको मद्दतमा २६, करण केसीले नटआउट २४ तथा आसिफ शेख र रोहित कुमार पौडेलले समान एघार–एघार रन बनाए।

बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ तथा कृष्ण कार्की, सुभाङ्कर उराउ, बिनोद लामा दिपेन्द्रसिंह ऐरी, बिपिन चन्द्राले समान एक–एक विकेट हात पारे। महेन्द्रनगरको प्रशिक्षक बिनोद दास हुन्।
 

प्रकाशित: २७ चैत्र २०७४ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App