प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

मङ्गलबार, २७ चैत २०७४, १३ : ५० नागरिक

काठमाडौँ (रासस)- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छन्।

महिला, कानून र विकास मञ्चले मंगलबार आयोजना गरेको ‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’ माथि छलफल कार्यक्रममा उहाँले महिलाको प्रजनन अधिकारलाई ऐनले अझ बढी संरक्षण गर्ने बताइन्। उनले विधेयकको मस्यौदा चाँडै बनाउन निर्देशन दिएको भन्दै अब संसद् चल्नेबित्तिकै पेश गर्ने बताइन्।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुशील प्याकुरेलले महिलाका प्रजनन अधिकारलाई बढी सुनिश्चित हुने तरिकाले विधेयक तयार भइरहेको र सबैको सुझावका आधारमा विधेयकको मस्यौदालाई अन्तिम रुप दिन थालिएको जानकारी दिए।

महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयका उपसचिव विनिता भट्टराईले सुरक्षित गर्भपतन र मातृत्व तथा परिवार नियोजनको अधिकारलाई स्थापित गराउने गरी विधेयक बनाइनुपर्ने बताइन्। मञ्चका अध्यक्ष मीरा ढुंगानाले महिलालाई उचित क्षतिपूर्तिका साथ विधेयक बनाउनुपर्ने बताइन्। संविधानको धारा ३८ को २ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा लिएको छ। विधेयकमा प्रजनन अधिकार हनन भएको अवस्थामा क्षतिपूर्तिसमेतको व्यवस्था समेट्न थालिएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad