७ वैशाख २०८१ शुक्रबार
खेल

टिम चौराह डिपिएलको फाइनलमा

कैलाली – काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै टिम चौराह धनगढी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आज भएको क्वालिफायरमा काठमाडौं गोल्डेन्सले दिएको १ सय २८ रनको सामान्य लक्ष्य धनगढीले १९.५ बलमा ९ विकेटको क्षतिमा भेट्टायो।

धनगढीका लागि रोहन मुस्तफाले २० बलमा ३३ रनको सर्वाधिक इनिङ खेले। त्यस्तै शंकर रानाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन बनाए। शंकर खेलकाे म्यान अफ दि म्याच भए।

निकै रोमाञ्चक बनेको खेलमा धनगढीलाई जितका लागि अन्तिम बलमा १० रन आवश्यक थियो। अन्तिम ओभरको बलिङ गर्न आएका काठमाडौंका रासिद खानले २ विकेट लिएपनि जित दिलाउन सकेनन्।

अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको समयमा समशेद शेखले १९.५ ओभरमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्च जित दिलाए।

काठमाडौंका लागि सन्नी पटेल, रासिद खान र सहाब आलमले समान दुई–दुई विकेट लिए। त्यस्तै सुबोध भाटी र ललित राजवंशीले एक–एक विकेट लिए।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले २० ओभरमा ९ विकेटल १२७ रन बनायो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन बनाएका थिए।

उनले २३ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै अमित श्रेष्ठले ३८ बलमा २ चौंका र १ छक्काको मद्दतमा ३६, पुष्प थापाले नटआउट १६ र भुपेन्द्र थापाले १० रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोडन सकेनन्।

सुरुवातमै २ विकेट गुमाएर दवावमा आएको काठमाडौंका लागि कप्तान मल्लले टिमको स्कोर केही उकासेपनि त्यसपछि आएका खेलाडी लगातार आउट भएपछि काठमाडौं सस्तैमा समेटियो।

लिग चरणमा सबै ५ खेल जितेर उच्च मवोवलका साथ क्वालिफायर खेल खेलेको काठमाडौंले आज भने सोचे अनुसारको खेल खेल्न सकेन्।

बलिङतर्फ धनगढीका कप्तान सोमपाल कामीले र ललित भण्डारीले दुई–दुई तथा सुनिल धमला, समशेद शेख र रोहन मुस्तफाले एक–एक विकेट हात पारे।

पराजित भएपनि काठमाडौंले फाइनलमा प्रवेशका लागि अर्को मौका पाएको छ। आजै हुने महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको टोलीसँग काठामाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २७ चैत्र २०७४ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App