भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

मङ्गलबार, २७ चैत २०७४, १२ : २८ एजेन्सी

नयाँदिल्ली - भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ।

मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ। घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ।

“सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ”, पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने।

उनले थप स्पष्ट पार्दै भने, “ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।”अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए।

घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । उपचार भइरहेका घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुको भनाइ छ।घटनास्थलमा पुगेर प्रहरीले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने जनाएको छ।

प्रारम्भिक विवरणहरुका अनुसार चालकले नियन्त्रण गुमाएकाले ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।यसअघि गत सोमबार हिमाञ्चल प्रदेशमा भएको विद्यालय बस दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए।

मृत्यु हुने र घाइते हुनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिका रहेका बताइएको छ ।काँगडा जिल्लाको नुरपुरस्थित वजिर रामसिंह पठनीय मेमोरियल स्कूलका झण्डै ४० जना विद्यार्थी लिएर गइरहेको बस दुर्घटना भएको हो।

सडकबाट झण्डै २०० फिट तल गहिरो खोँचमा खसेको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २७ जना विद्यार्थी, दुईजना शिक्षक र एकजना बस चालक रहेका छन् ।भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकमध्येमा पर्छ । चालकको लापरवाही तथा सडक र सवारी साधन राम्रोसँग मर्मत नगरिँदा अधिकांश दुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ छ।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad