coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हेलिकोप्टरबाट पैसा बाँड्छु भन्नु ओलीको सिको : भट्टराई

काठमाडौं– नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई हेलिकोप्टरबाट पैसा पुर्‍याएर हातहातै बाँड्छु भनी दिएको अभिव्यक्ति पूर्वप्रधानमन्त्री केपी ओलीको सिको भएको बताएका छन्। प्रधानमन्त्री दाहालको अभिव्यक्ति पूर्ववर्ती प्रधानमन्त्री अाेलीको घरघरमा ग्यासपाइप र हावाबाट बिजुली निकाल्ने उस्तै भएको उनले टिप्पणी गरेका छन्।

पूर्वप्रमको घरघरमा ग्यासपाइप,हावाबाट बिजुलीको सिको गर्दै अहिलेका प्रमले हेलिकप्टरबाट पैसा बाँड्ने कुरा गर्नुभएछ। धन्य!

'पूर्वप्रमको घरघरमा ग्यासपाइप,हावाबाट बिजुलीको सिको गर्दै अहिलेका प्रमले हेलिकप्टरबाट पैसा बाँड्ने कुरा गर्नुभएछ। धन्य!' भट्टराईले ट्विट गर्दै भनेका छन्।

प्रधानमन्त्री दाहालले मंगलबार साँझ अनलाइन पत्रकारसँग निवास बालुवाटारमा साक्षात्कार गर्दै भूकम्पपीडितलाई हेलिकोप्टरमै पैसा पठाएर भए पनि राहत दिन सरकारले तत्परता देखाउने बताएका थिए। दुई लाख दिने भन्ने पहिलेको निर्णयमा अर्को एक लाख थपिने पनि उनले जनाएका थिए। यो बाहेक दुई लाख रुपैयाँ सफ्ट लोन दिएर भूकम्पपीडितलाई कूल ५ लाख रुपैयाँ सहयोग गर्ने सरकारको तयारी रहेको उनले सुनाएका थिए।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर ट्विटरमार्फत् नयाँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री भट्टराईले टिप्पणी गरेका हुन्।

यो पनि पढ्नुहोस् :

प्रकाशित: ९ भाद्र २०७३ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App