क्यान्सरको तथ्य र तथ्याड्क

मङ्गलबार, २७ चैत २०७४, ११ : ५२ डा. सुभाष पोखरेल

संसारका एकतिहाई मानिसलाई जीवनकालमा अर्बुद रोग लाग्छ। तीस वर्ष उमेर समूहका महिलामा ४०० मा एकलाई ब्रेस्ट (स्तन) क्यान्सर देखिन्छ भने ७० वर्षका आमा समूहमा उक्त अनुपात बढेर ९ मा १ महिलालाई उक्त रोग लाग्ने देखायो तथ्यांकले। १ लाख जनसंख्या भएको नगरमा प्रतिवर्ष १७१ जना क्यान्सरले मर्छन्। पाचन प्रणालीअन्तर्गत नै पर्ने भए पनि सानो आन्द्रामा भन्दा ठूलो आन्द्रामा क्यान्सरको संक्रमण झण्डै १० गुणा अधिक भएको देखियो। क्यान्सरका बिरामीमध्ये आधा रोगी त अर्वुद रोग लागेको ५ वर्ष पनि बाँच्दैनन्। क्यान्सरको भयाबह अवस्था आकलन गर्न उपरोलिखित तथ्यांक पर्याप्त देखिन्छ। जुनसुकै उमेर समूहलाई लाग्ने भए पनि पाका मानिसमा क्यान्सर लाग्ने संभाव्यता अधिक हुन्छ, अर्वुद रोगको वितरण सबै अंगमा बराबर हुँदैन र क्यान्सर लागेका मानिसले आफ्नो जीवन पूर्णरूपले बाँच्न पाउँदैन भन्ने यस महारोगको चरित्र देखियो।

उन्नाइसौँ शताब्दीको पूर्वार्धमा क्यान्सरको भयानकता बाहिरिएपछि अर्वुद रोग नियन्त्रणमा अभियान सञ्चालन गर्न विश्व समुदाय तत्पर भयो। एकल प्रयासले रोगको निदान सजिलो नहुने ठहर गरियो। महारोग नियन्त्रण गर्न विश्वव्यापी अभियान थालियो, सबै देशले गच्छेअनुसारको लगानी गरे अर्वुद रोग निको पार्न। सामान्य अस्पताल र साधारण अनुसन्धानात्मक विधिमार्फत अर्वुद रोगको इलाज खोज्न नसकिने भएकाले दक्षता विकास गर्नुपर्ने मान्यता विकास भयो। विशेषज्ञता अध्ययनको सुरुआत भयो, अर्वुद रोग अस्पताल खुले। अर्वुद रोगलाई जित्न सन् १९३७ मा संयुक्त राज्य अमेरिकाले ऐनमार्फत नै नेसनल क्यान्सर इन्स्टिच्युट गठन ग-यो, अन्य देशले समेत अमेरिकाको अनुकरण गरे।

मर्यादामा रहनुपर्ने अंको जिन र क्यान्सर सप्रेसर जिनले आफ्नो कर्तव्य पालन गर्न चुक्दा क्यान्सर लाग्छ। अंको जिन अति क्रियाशील हुँदा अथवा क्यान्सर संप्रेसर जिन शिथिल हुँदाका दुवै अवस्थामा कोस विभाजन अनियन्त्रित हुन्छ।

प्रतिवर्ष क्यान्सर अनुसन्धानका लागि सरकारीतवरमा मात्र झण्डै एक खरब अमेरिकी डलर खर्च हुन्छ। क्यान्सरको औषधि बनाउन पाए व्यापारिक प्याटेन्टमार्फत दबाइ बेचेर खरबौँ कमाउने लोभमा निजी कम्पनीले गरेका लगानी सरकारी अनुदानभन्दा अझ बढी छ। लाखौँ अनुसन्धानकर्ता संसारका विभिन्न प्रयोगशालामा क्यान्सरको ओखती बनाउन लागिपरेका लामो समय भयो। ठूलो धनराशीसहितको बहुराष्ट्रिय अनुसन्धानात्मक जालोमार्पmत लाखौँ जनशक्ति लाग्दासमेत क्यान्सरलाई जित्ने अवस्था देखिएन। अहिलेसम्म विकास भएको ओखतीमूलोले क्यान्सरका रोगीको आयु केही महिना बढेको देखिए पनि उक्त प्रगति सन्तोषजनक भएन। क्यान्सर रिसर्चको प्रतिफल शून्य भएकाले उक्त क्षेत्रमा लगानी नगरौँ भन्ने अमेरिकी संसद्मा कुरा उठ्नुले नै अर्वुद रोगको अनुसन्धान लक्षित दिशामा नगएको भन्छ नै। नगन्य मात्रामा बिरामी निको हुनु, सीमित रोगी केही महिना बढी बाँचेका देखिए पनि वर्तमान अनुसन्धानले अर्वुद रोगलाई निर्मूल पार्न नसक्नुको कारण के हो? क्यान्सर किन लाग्छ? जस्ता प्रश्नको बायोकेमिकल हिसाबमा उत्तर खोज्नु यो लेखको उद्देश्य रह्यो।

शरीरको कुनै भागमा ठूलो चोट लागेपछि बिनाइलाज पनि उक्त घाउ निको हुन्छ। काटेको भागमा मासु भरिनुको कारण के हो? सामान्य हुनका लागि क्षति भएको अंगका सेल (कोस) पूर्वावस्थामा फर्कन आवश्यक हुन्छ। घाउचोट लागेपछि प्रभावित इलाका निकटका कोसहरूले विभाजनका लागि बाह्य संकेत पाउँछन्। उक्त आदेश पाएपछि कोसहरू विभाजन हुन थाल्छन्। र, प्रभावित इलाकाका मांसपेशीहरू पूर्वावस्थामा नफर्कुन्जेल उक्त प्रक्रिया जारी रहन्छ। तर जब प्रभावित अंग पहिलेकै अवस्थामा फर्कन्छ तब शरीरले कोसको विभाजन रोक्नका लागि अर्को सूचना पठाउँछ। अनि कोसको विभाजन रोकिन्छ। यदि त्यसो नहुँदो हो त कोसको विभाजन निरन्तर हुन्थ्यो अनि प्रभावित इलाकामा मासुको अनियन्त्रित थुप्रो जम्मा हुन्थ्यो। मानिस स्वस्थ हुनका लागि आवश्यकताअनुसार कोस विभाजनको प्रारम्भ र अन्त्य जरुरी हुन्छ। साथै, उक्त प्रक्रिया शरीरमा अति नियन्त्रित हुन्छ। कोस विभाजन हुने र रोकिने प्रक्रियाको संयोजनमा अलिकति पनि नियन्त्रण खुस्कँदा मानिसमा क्यान्सर जस्तो भयानक रोग लाग्ने हो।

अहिलेसम्म बजारमा आएका क्यान्सरका औषधिले प्रभावकारी भूमिका खेल्न नसकेको अवस्थामा प्राचीनकालदेखि नै मरेको मानिसलाई बिउँताउने अमृतको खानी रहेको हिमव्रत खण्डको जडीबुटी उत्खनन गरेर अर्वुद रोग निदान गर्न नसकिएला भन्न सकिन्न। नीति निर्माता तथा अनुसन्धानकर्ताले त्यता ध्यान दिँदा उचित नै हुन्थ्यो होला।

प्राणीमा अन्तरनिहित अणुवांशिक पदार्थ ‘डिएनए’ शरीरको सबैभन्दा महत्वपूर्ण पदार्थ हो। आणुवांशिक वस्तु भएकाले कोसले पूर्णाकार लिनका लागि डिएनएको निर्माण अपरिहार्य हुन्छ। मानव डिएनए निकै क्लिस्ट पदार्थ होे र यसको निर्माणका लागि दुई अरब एकाइहरू नियन्त्रितरूपमा एकीकृत हुन आवश्यक हुन्छ। लामो डिएनएका महत्वपूर्ण खण्डहरूलाई जिन भनिन्छ। मानव शरीरमा हजारौँ जिन हुन्छन् र तिनीहरूले आआफ्नो दायित्व निष्ठापूर्वक गर्छन्। जिनहरूले आफ्नो कर्तव्य निर्वाह नगरे रोग लाग्छन्।

सामान्य वैज्ञानिक भाषामा कोस विभाजनको सुरुआत गर्न भूमिका खेल्ने जिनलाई अंको जिन भनिन्छ। कोसको विभाजन क्यान्सरको गुण भएकाले अंको जिनलाई क्यान्सर लगाउने जिन पनि भनिन्छ। त्यस्तै कोस विभाजन रोक्ने काम गर्ने जिनलाई क्यान्सर सप्रेसर जिन भनिन्छ। कोसको विभाजन रोक्न सके क्यान्सर नियन्त्रण गर्न सकिने भएकाले क्यान्सर सप्रेसर जिनलाई अर्वुद रोग रोक्ने जिन पनि भनिन्छ।

मर्यादामा रहनुपर्ने अंको जिन र क्यान्सर सप्रेसर जिनले आफ्नो कर्तव्य पालन गर्न चुक्दा क्यान्सर लाग्छ। अंको जिन अति क्रियाशील हुँदा अथवा क्यान्सर सप्रेसर जिन शिथिल हुँदाका दुवै अवस्थामा कोस विभाजन अनियन्त्रित हुन्छ अथवा क्यान्सर लाग्छ। अब एउटा परिदृश्य हेरौँ– अध्ययनले महिलालाई ब्रेस्ट क्यान्सर हुनुको मुख्य कारण ‘ब्राका बान र ब्राका दु’ भन्ने दुई जिनमा आउने खराबी हो भन्ने देखियो। त्यसैले आफ्नो डिएनए परीक्षण गर्दा ती दुई जिनमा खराबी देखिएकाले आफूलाई भविष्यमा ब्रेस्ट क्यान्सर हुन्छ कि भन्ने डरका कारण हलिउड नायिका एन्जेलिना जुलीले आफ्नो स्तन शल्यक्रिया गरी फालिन्। ब्राका बान र ब्राका दु जिनहरू ब्रेस्ट क्यान्सर सप्रेसर जिन भएकाले यिनले स्तनका कोसहरूको विभाजन अनियन्त्रित हुनबाट रोक्छ। अनि स्तन क्यान्सर हुनबाट मानिसलाई बचाउँछ। यी दुई जिनमा खराबी आए स्तन कोसको विभाजनलाई अनियन्त्रित हुनबाट रोक्न सकिँदैन, अनि पीडितलाई ब्रेस्ट क्यान्सर लाग्छ। गाडी अत्यधिक रफ्तारमा गएर दुर्घटनाग्रस्त नहोस् भन्नका लागि ब्रेकले भूमिका खेलेझै क्यान्सर सप्रेसर जिनले कोसको अनियन्त्रित विभाजन रोकी क्यान्सर हुनबाट रोक्ने हो।

मानव कोसहरू मरणशील हुनाले त्यसको परिपूर्तिका लागि पुरानो कोस विभाजन भएर नवीन कोश बन्नु आवश्यक भयो। डिएनए कोसको महत्वपूण तत्व हो। आणुवांशिक वस्तु भएकाले कोसले पूर्णाकार लिनका लागि डिएनएको निर्माण अपरिहार्य हुन्छ। जटिल विधि भए पनि डिएनएको निर्माण पूर्णरूपले त्रुटिरहित हुनुपर्छ। त्यस्तै कोसमा कायम डिएनएसमेतमा पनि आजन्म कुनै खराबी आउनुहुँदैन। तर यथार्थमा त्यसो हुँदैन। आन्तरिक कारण तथा विकिरणलगायतका वातावरणीय प्रभावले डिएनएमा खरावी आउँछ। डिएनए शरीरको सबैभन्दा महत्वपूर्ण पदार्थ भएकाले कोसमा बिग्रिएको डिएनए सच्याउने निकै नियन्त्रित प्रक्रिया छ। तर त्यति गर्दागर्दै पनि डिएनएमा आएको कैफियतलाई शारीरिक संरचनाले शुद्ध गर्न सकेन भने त्यस्तो खराव जिन शरीरमा पैmलन सक्छ र विभिन्न किसिमका रोग लाग्न सक्छ। त्यसैले त्रुटिपूर्ण डिएनले शरीरमा संक्रमण गर्न नपाओस् भन्नका लागि त्यस्ता खराब जिन भएका कोसलाई अविलम्ब मार्ने विधि विकास भएको छ मानव शरीरमा। त्यस्तो मजबुत दोहोरो प्रतिरक्षा संयन्त्र हुँदाहुँदै पनि कहिलेकाहीँ खराव जिन भएका कोसहरूले शरीरमा संक्रमण गर्छन्। मानिसको प्रत्येक अंगको बेग्लाबेग्लै दायित्व रहेझैँ विभिन्न जिनको समेत आआफ्नै भूमिका हुन्छन्। टाउकामा चोट लागे मृत्युसमेत हुन सक्ने तर हातखुट्टामा क्ष्ति भए मानिस सजिलै पूर्वावस्थामा फर्किएझै सबै मानवीय जिनमा आउने त्रुटिका असर उत्तिकै संगीन प्रकृतिका हुँदैनन्। कुनै जिनमा आएको त्रुटिको असर नगन्य हुन्छ भने अंको जिन तथा क्यान्सर सप्रेसर जिनमा आएको खराबी भने क्यान्सरको कारकका रूपमा देखा पर्छ।

उमेरको बडोत्तरीसँगै सबै मानिसको डिएनएमा खराबी आउँछ । अभागी मानिसको हकमा महत्वपूर्ण जिनहरू त्रुटिपूर्ण बन्न पुग्छन् अनि क्यान्सर जस्तो महारोगले समाउँछ। अर्को समूहको हकमा न्यून महत्वका जिनहरूमा खराबी आउँछ अनि त्यसको असर नगन्य हुन्छ। कुन व्यक्तिमा कुन जिनमा खराबी आउँछ भन्ने आकलन गर्न नसकिने भएकाले क्यान्सर जस्ता जिनको खराबीले ल्याउने समस्यालाई भाग्यले ल्याउने रोग भनिन्छ। स्वस्थ खानपिन तथा स्वच्छ वातावरणले डिएनएलाई बाह्य अतिक्रमणबाट धेरै हदसम्म बचाउन सकिने भएकाले आहारबिहारमा ध्यान दिएर क्यान्सर जस्तो महारोग कम गर्न नसकिने होइन।

अब के/कस्तो अवस्थामा मानिसलाई क्यान्सर लाग्छ, त्यता हेरौँ। मानिसको शरीरमा झण्डै ३७ खरब कोस हुन्छन्। अरबौँ कोसमध्ये कुनै एउटामा मात्र पनि अंको जिन तथा क्यान्सर सप्रेसर जिनमा खराबी आए उक्त कोस क्यान्सरस बन्न पुग्छ। निरन्तर विभाजन हुनु क्यान्सर कोसको चरित्र भएकाले दुबोले छोटो समयमै बालिनालीलाई अतिक्रमण गरेझै केही वर्षपछि नै शरीरमा स्वस्थ कोसभन्दा अर्वुद कोसको संख्या अधिक हुन पुग्छ। साथै, क्यान्सरको उत्पत्ति शरीरको एउटा अंगमा भए पनि डिएनएमा आएको परिवर्तनले गर्दा केही अर्वुद कोसले रक्त नलीमार्पmत एक स्थानबाट अर्कोे ठाउँमा स्थानान्तरण हुने चरित्रसमेत विकास गर्छ। त्यसले गर्दा एक स्थानमा विकास भएको क्यान्सर शरीरको सबै अंगमा सर्दै जान्छ अनि सारा शरीर क्यान्सरमय बन्न पुग्छ। शरीरभर क्यान्सरका कोसहरूले अतिक्रमण गरेपछि अर्वुद रोगको इलाजसमेत अति जटिल बन्न पुग्छ।

निरन्तर विभाजनको दबाबले गर्दा प्रत्येक विभाजनपछि अर्वुद कोसका डिएनए थप क्षतिग्रस्त हुँदै जान्छ। डिएनएमा आएको भिन्नताले गर्दा विभाजनपछिका क्यान्सर कोसहरू अघिल्लो पुस्ताभन्दा फरकफरक हुँदै जान्छन्। तसर्थ, एक व्यक्तिको शरीरमा रहेका क्यान्सर कोसहरू देख्दा एकै प्रकृतिका भए पनि आणुवांशिक हिसाबमा तिनीहरु फरक फरक हुन्छन्। त्यसैले, एक प्रकृतिको अर्वुद कोसलाई लक्षित गरी बनाइएको औषधिले शरीरमा रहेका सबै क्यान्सर कोसलाई नियन्त्रण गर्न नसक्नु अन्यथा होइन। उदाहरणका लागि सन् २००९ देखि २०१३ को बीचमा क्यान्सरको औषधिका रूपमा जम्मा ६८ वटा ड्रग्स युरोपियन बजारमा भित्रिए। गत वर्ष ती औषधिको प्रभावकारिता अध्ययन गर्दा बजारमा आएका ६८ मध्ये ३९ ओखतीले क्यान्सरका बिरामीलाई कुनै पनि फाइदा गरेको देखिएन।

अहिलेसम्म बजारमा आएका क्यान्सरका औषधिले प्रभावकारी भूमिका खेल्न नसकेको अवस्थामा प्राचीनकालदेखि नै मरेको मानिसलाई बिउँताउने अमृतको खानी रहेको हिमव्रत खण्डको जडीबुटी उत्खनन गरेर अर्वुद रोग निदान गर्न नसकिएला भन्न सकिन्न। नीति निर्माता तथा अनुसन्धानकर्ताले त्यता ध्यान दिँदा उचित नै हुन्थ्यो होला।







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad