७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफ र काभ्रे सेमिफाइनलमा

सिन्धुपाल्चोक – प्रथम चौतारा साँगाचोकगढी मेयर फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको दिन  विभागीय टोली एपिएफ र काभ्रे जिल्ला फुटबल संघ विजयी भएका छन् । चौताराको टुँडिखेलमा सोमबार भएका क्वार्टरफाइलन खेलमा एपिएफले सहज जित निकाल्दा काभ्रेले ‘सडन डेथ’ मा बाजी मार्‍याे।

सुमित आलेमगरको दुई गोलप्रेरित एपिएफले घरेलु टोली वनदेवी युथ क्लबलाई ३–० ले हरायो । खेलको ३७औँ मिनेटमा अमृत अधिकारीले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । त्यसको सात मिनेटपछि गोल थप्दै सुमितले अग्रता दोब्बर बनाए।

खेलको ७३औँ मिनेटमा सुमितले व्यक्तिगत गोलसंख्या दुई पु‌‌‍‍र्याउँदै टोलीको जित सुनिश्चित बनाए । खेलको म्यान अफ द म्याच एपिएफका महेश लामा घोषित भए।

यसअघि भएको पहिलो क्वार्टरफाइनलमा काभ्रेले नवलपुर युनाइटेडलाई सडन डेथमा स्तब्ध बनाउँदै अन्तिम चारको यात्रा पक्का गर्यो । निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा दुवै टोलीले ४÷४ गोल गरे । यो बराबरीपछि सडन डेथमा काभ्रे भाग्यमानी ठहरियो। पेनाल्टी हान्न आएका काभ्रेका अन्तिम खेलाडीको प्रहारले जाली चुम्दा नवलपुरका खेलाडीले बललाई दिशाबाहिर पठाइदिए।

निर्धारित र थप गरिएको समयमा दुवै टोलीले अग्रता लिने केही प्रयास गरे पनि सफल हुन सकेनन् । खेलको म्यान अफ द म्याच नवलपुरका अफ्रिकी खेलाडी जिब्रिल म्यान अफ द म्याच भए । जितसँगै विभागीय टोली एपिएफले सेमिफाइलनमा काभ्रे जिल्ला फुटबलसँग भेट पक्का गरेको छ । त्यस्तै अर्को सेमिफाइलनमा घरेलु टोली चौतारा स्पोर्टिङ क्लब र पाँचपोखरी थाङपाल क्लबबीच भिडन्त हुनेछ।

यसअघि भएको क्वार्टरफाइलनमा अँधेरी युथ क्लबलाई सडन डेथमै स्तब्ध पार्दै चौताराले सेमिफाइलन यात्रा तय गरेको थियो भने एन्फा यु–१६ लाई सहज पराजित गर्दै पाँचपोखरी अघि बढेको हो।

मंगलबारदेखि सेमिफाइनलका खेल हुने आयोजक तोप–२१ ले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका प्रवद्र्धक रहेको प्रतियोगिताको सेमिफाइलन जित्ने दुई टोली उपाधिका लागि शुक्रबार आमने–सामने हुनेछन् । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ र १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: २७ चैत्र २०७४ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App