coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुर्खेत शिक्षा र सरस्वती विजयी

काठमाडौं – सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन रत्नराज्यलक्ष्मी क्याम्पसद्वारा आफ्नै कोर्टमा आयोजित सोमबारको खेलमा चाबहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२, २३–२५, २५–२० र २६–२४ को सेटमा हराउँदै सुर्खेतको शिक्षा क्याम्पस दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै,  सरस्वती क्याम्पसले त्रिचन्द्र कलेजलाई २५–२२, २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको छ।

सोमबारै सम्पन्न अर्को खेलमा जेरपाटीको पब्लिक युथ कलेजले कोटेश्वर क्याम्पसलाई २५–१३,२५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्दा चौथो प्रतिस्पर्धात्मक खेलमा जया बहुमुखी क्याम्पस जोरपाटीले कैलाली बहुमुखी क्याम्पसलाई २०–२५,२०–२५,२५–१६,२५–२१ र १५–८ को सेटमा पाखा लगायो।

प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तृतीय टोलीले २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्नेछ । नकाउटका आधारमा सञ्चालन भएको प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ। प्रतियोगितामा काठमाडौंका १९ र काठमाडौंभन्दा बाहिरका ३ टोलीले सहभागिता जनाएका छन्।

प्रकाशित: २७ चैत्र २०७४ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App