coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

चितवन – चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ।

पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन। अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ। यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए।

‘सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भने, पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजोआज पनि घण्टौँ जामको पीडा छ।’ सडक र पुलसँगसँगै नबनाउँनाले समस्या परेको उनी बताउँछन्। नारायणगढ मुग्लिन सडकको करीब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ। उक्त सडकमा १८ वटा पुल पर्छन्।

त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ। बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन। नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिन्छन् ।

‘बाटो ११ मिटरको छ, पुल साढे पाँच मिटरको छ, खनालले भन्नुभयो, त्यस्ता पुलमा दुईवटा गाडी जानै मान्दैनन्।’ मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको सात किलोमिटर अझै सास्ती छ। सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ। रासस

प्रकाशित: २७ चैत्र २०७४ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App