७ वैशाख २०८१ शुक्रबार
खेल

डिपिएलः काठमाडौंद्वारा धनगढीसामु १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

कैलाली – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको क्वालिफायरमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई जितका लागि १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले २० ओभरमा ९ विकेटल १२७ रन बनायो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन बनाए। उनले २३ बलमा ३ चौंका र २ छक्का प्रहार गरे।

त्यस्तै अमित श्रेष्ठले ३८ बलमा २ चौंका र १ छक्काको मद्दतमा ३६, पुष्प थापाले नटआउट १६ र भुपेन्द्र थापाले १० रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोडन सकेनन्।

सुरुवातमै २ विकेट गुमाएर दवावमा आएको काठमाडौंका लागि कप्तान मल्लले टिमको स्कोर केही उकासेपनि त्यसपछि आएका खेलाडी लगातार आउट भएपछि काठमाडौं सस्तैमा समेटियो।

लिग चरणमा सबै ५ खेल जितेर उच्च मवोवलका साथ क्वालिफायर खेल खेलेको काठमाडौंले आज भने सोचे अनुसारको खेल खेल्न सकेन्।

बलिङतर्फ धनगढीका कप्तान सोमपाल कामीले र ललित भण्डारीले दुई–दुई तथा सुनिल धमला, समशेद शेख र रोहन मुस्तफाले एक–एक विकेट हात पारे।

१ सय २८ रनको विजयी लक्ष्यसहित अबको केही छिनमा धनगढी ब्याटिङमा उत्रदैछ।

आजको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनलमा पुग्न फेरि अर्को मौका पाउनेछ। उसले क्वालिफायर राउण्डमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियासँग खेल्नछ।

प्रकाशित: २७ चैत्र २०७४ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App