coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बियामा विद्रोही र सरकारबीच शान्ति सम्झौता

हवाना–कोलम्बिया सरकार र फार्क विद्रोही समुहबीच बुधबार शान्ति सम्झौता भएको छ। कोलम्बियाको राजधानीमा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट हुमबेट्रो डि ला किल्ली र विद्रोही समुहका प्रमुख इभान माक्रबेजले हस्ताक्षर गरेका हुन्। यससँगै क्युवा र नर्वेको मध्यस्तकर्तामा  सन् २०१२ को नेभेम्बरबाट जारी शान्ति वार्ताले सार्थकता प्राप्त गरेको छ।

सरकार र विद्रोही समुहबीच शान्ति सम्झौता भएसँगै कोलम्बियामा विगत ५ दशक देखि जारी द्वन्द्वको अन्त्य भएको छ । फार्क समुहले कोलम्बियामा सन् १९६४ देखि सरकार विरुद्ध संघर्ष थालेको थियो ।उक्त संघर्षमा परी २ लाख भन्दा बढी मानिस मारिनुका साथै १० लाख मानिस विस्थापित भएका छन्। शान्ति सम्झौता लगत्तै ट्विट् गर्दै फार्क विद्रोही समुहका वार्ताकार रोड्रिगो यानदाले भने,  ‘जब वार्ताबाटै शान्ति सम्झौता कायम गर्न सकिन्छ ,तब जित तथा हारको लागि कुनै स्थान हुँदैन,कोलम्बियाले जित्यो मृत्युले हार्यो ।’

 

प्रकाशित: ९ भाद्र २०७३ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App