जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

मङ्गलबार, २७ चैत २०७४, १० : ०६ नागरिक

नुवाकोट – तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ।

भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल गरेको, बानी व्यवहार तथा चालचलन गलत रहेको पाइएपछि कारबाही गर्दै आठ जना प्राविधिकलाई सेवाबाट हटाइएको नुवाकोटका एकाइ प्रमुख विदुर खड्काले जानकारी दिए।

कारबाहीमा पर्नेमा इञ्जिनियर किस्पाङ–३ काहुले खटिएका वसन्त घिमिरे, किस्पाङ–५ मनकामना खटिएका शेषनारायण भण्डारी, लिुख–३ सूर्यमती खटिएका धुव्रराज खरेल, मेघाङ–५ सामरी खटिएका रामजी श्रेष्ठ, तादी–४ सुन्दरादेवी खटिएका रिजन अगञ्जा, तादी–५ नर्जामण्डप खटिएका शेखर झा, पञ्चकन्या–१ चौघडा खटिएका राधाकान्त शाह र ककनी–४ ककनी खटिएका सव–इञ्जिनियर नवराज शर्मा चापागाई रहेका छन्।

भूकम्पपीडितलाई सेवा पु-याउन परिचालन भएका प्राविधिकले लाभग्राहीको मापदण्ड विपरीतको घर अनुदानको लागि सिफारिस गरिदिन घुस लिएको, नक्सा पास गर्नुपर्ने बाहना बनाएर अतिरिक्त रकम असुल गरेकोलगायतको अनियमिततामा संलग्न रहेको पुष्टि भएपछि जिल्लाको सिफारिसमा पाँच जना प्राविधिकलाई केन्द्रले यसअघि सेवाबाट हटाएको थियो। रासस








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad