८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलको एक विश्वविद्यालयमा भएको हमलामा १३ जनाको मृत्यु

काबुल–अफगानीस्ताको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालयमा भएको बन्धुक हमलामा परी १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अफगान प्रहरीले उक्त हमलामा सात विद्यार्थी, तीन सुरक्षाकर्मी र विश्व विद्यालयका तीन सुरक्षागार्डको मृत्यु भएको जनाएको छ। सो आक्रमणको जवाफी कारवाहीमा दुई बन्धुकधारी मारिएका छन्।

बन्धुकधारीहरुको एक समूहले उक्त विश्वविद्यालयलाई नियन्त्रणमा लिँदै त्यहाँ रहेका करिब ७ सय ५० विद्यार्थी तथा कर्मचारीहरुलाई १० घण्टा कब्जामा लिएका थिए । हाल बन्धुकधारीको कब्जाबाट उक्त विश्वविद्यालय पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ९ भाद्र २०७३ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App