coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा मन्त्रालय विवाद अन्त्य, पौडेल पक्षले पाँच मन्त्रालय पाउने

काठमाडौं–सरकारमा सहाभागी हुने मन्त्रीको संख्यालाई लिएर नेपाली कांग्रेसभित्रको विवाद अन्त्य भएको छ। सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि कांग्रेसभित्रको मन्त्रालय विवाद अन्त्य भएको हो।

यसअघि सभापति देउवाले पौडेल पक्षलाई चार मन्त्रालयमात्र दिन सकिने बताएपछि मन्त्रिपरिषद विस्तार नै अन्योलमा परेको थियो। बिहीबार विहान उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पौडेललाई टेलिफोन गरी पाँचवटा मन्त्रालय दिने जानकारी गराएको पौडेलका सहयोगी चिरञ्जीवी  अधिकारीले जानकारी दिए।

पौडेल पक्ष आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न आन्तरिक गृहकार्यमा लागेको छ। कांग्रेसले सरकारमा सहाभागी हुने मन्त्रीको आजै टुंगो लगाएर प्रधानमन्त्रीलाई नाम दिने तयारी गरेको छ।
 

निधिले पाँच मन्त्रालय दिन तयार भएको र मन्त्रीको नाम दिन आग्रह गर्नु भयो,’ अधिकारीले भने।   पौडेल पक्षले पाँच वटा मन्त्रालय पाएपनि कुन कुन मन्त्रालय पाउने भन्नेबारेमा भने अझै टुंगो नलागेको बताइएको छ। सभापति देउवा पाँच मन्त्रालय दिन तयार भएपछि वरिष्ठ नेता पौडेल महामन्त्री डा. शशांक कोइराला निकास टोखा पुगेर जानकारी गराएका थिए।

पौडेल पक्ष आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न आन्तरिक गृहकार्यमा लागेको छ। कांग्रेसले सरकारमा सहाभागी हुने मन्त्रीको आजै टुंगो लगाएर प्रधानमन्त्रीलाई नाम दिने तयारी गरेको छ।

 

प्रकाशित: ९ भाद्र २०७३ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App