५ वैशाख २०८१ बुधबार
अर्थ

गौशाला बनाउन कुमारी बैंकको सहयोग

काठमाडौं– कुमारी बैंकको धनगढी शाखाले गोदावरी धामस्थित मन्दिर मर्मत र गौशाला निर्माणका लागि जस्तापाता सहयोग गरेको छ । बैंककले १७औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको हो।

बैंकका धनगढी र अत्तरिया शाखाका प्रबन्धकले संयुक्त रुपमा ३० थान जस्तापाता मन्दिरका महन्तलाई प्रदान गरेको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धामलाई जस्तापाता सहयोग गरेको जनाएको  छ।

कुमारी बैंकले नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा प्रदान गर्दै आएको जनाएको छ । कुमारीले ७२ शाखा, दुई एक्सटेन्सन काउन्टर र ५८ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।

 

प्रकाशित: २७ चैत्र २०७४ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App