६ वैशाख २०८१ बिहीबार
अर्थ

इन्द्रावती गाउँपालिका महोत्सव हुने

काठमाडौं– आगामी वैशाख १ र २ गते इन्द्रावती गाउँपालिका महोत्सव हुने भएको छ । स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । महोत्सवमा १२ वटै वडाका अध्यक्षको नेतृत्वमा स्थानीय तहको मौलिक पहिचान झल्कने विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ।

‘महोत्सवले गाउँपालिको पाँचवर्षे योजना तथा ‘पाश्र्वचित्र’ बनाउन मद्दत पुग्नेछ । स्थानीय कला, संस्कृतिको संरक्षण, गाउँपालिकामा भएका प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अभियान हो,’ अध्यक्ष तामाङले भने, ‘महोत्सवले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नेछ।’

गाउँका सम्भावना केलाएर विस्तृत योजना बनाउन महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।  महोत्सवमा लोकगीत प्रतियोगिता हुनेछ । १२ वटै वडाका खेलाडी समेटेर फुटबल प्रतियोगिता हुनेछ । महोत्सवमा स्वास्थ्य शिविर, शैक्षिक मेलाका साथै स्थानीय उत्पादनका लागि छुट्टै स्टल रहने आयोजकले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७४ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App