८ वैशाख २०८१ शनिबार
शिक्षा

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

काठमाडौं– शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ। 

सोमबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देवीप्रसाद गुरुङलाई भेटेर ती विद्यार्थी संगठनले सो मागसहितका पत्र बुझाएका हुन्। 

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघले शिक्षा ऐनको दशाँै संशोधनबाट शिक्षक परिपूर्ति गर्दा शतप्रतिशत खुला प्रतियोगिताबाट गर्न माग गर्दै प्रमुख सचेतक गुरुङलाई पत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले नवौँ संशोधनका कमी हटाएर अघि बढ्न आफूहरु तयार रहेको बताए। 

ऐनको नवौँ संशोधनले शिक्षक अनुमति लिएका सात लाख विद्यार्थीको प्रतिस्पर्धा गर्ने अधिकार कुण्ठित गरेकाले त्यसलाई संशोधन गरी शतप्रतिशत खुला विज्ञापनबाट शिक्षक नियुक्त गर्नुपर्ने माग सो पत्रमा उल्लेख छ। 

क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले तीन विद्यार्थी संगठनले सबै दलका प्रमुख सचेतक र संघीय संसद्का सम्पूर्ण सदस्यलाई ऐनको दशौँ संशोधनबाट आफूहरुको माग सम्बोधन गर्नका लागि बुझाउने बताए। 

विद्यार्थी संगठनले आइतबारदेखि सबै संसद्लाई पत्र पठाइरहेका छन्। 

प्रकाशित: २६ चैत्र २०७४ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App