coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय सन्जालमा जोडियो खदागबस्ती, आँगनमै गाडी गुडेको देखेपछि...

डोल्पा– ‘कित पहिले नै मरिजानु पर्थ्यो, कित अहिले जन्मनु पर्थ्यो बाबु’ आँखाभरी आशु खसाल्दै ८० वर्षीया धनी बिकले आफ्नै अगाडि बाजागाजा सहित नाँचगान गरेर खुशियाली मनाइरहेको ठूलो जमातकाबीच भनिन। त्रिपुरासुन्दरी नगरपालिका ६ की ८० वर्षीया धनीको आँखामा बगेका आशुका धारा दुःखका नभई जीवनमा पहिलो पटक घरकै आगनमा गाडी गुडेको देखेर हर्षले थाम्नै नसकेर खसेका हुन। 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने खादाङ्गस्थित हरियापानीमा पहिलोपटक गाडी पुगेपछि हर्षका आशु खसाल्ने धनी बिक एक प्रतिनिधिमुलक पात्र मात्र हुन। उनीसंगै डोल्पाली सबैका आँखा खुशीले रसाए। आइतबार मात्र खदाङ्गमा ५ वटा यात्रुले खचाखच भरिएका जीपसहित मालबाहक ट्याक्टर पुगेपछि डोल्पालीले बाजागाजा सहित नाँचगान गरेर खुशियाली मनाएका छन्।

जाजरकोट  र डोल्पाको सीमा क्षेत्र करोपगाडमा चैतको पहिलो साता यातायात संचालनमा आएर डोल्पा राष्ट्रिय सडक सन्जालमा जोडिएको थियो। आइतबार त्रिवेणी करोपगाड हुँदै खदाङ्गको हरियापानीमा यातायात संचालनमा ल्याएसंगै राष्ट्रिय सडक सन्जालमा डोल्पा जोडिदै गइरहेको छ भने पूर्णरुपमा सडक सन्जालमा डोल्पालाई जोड्नेगरी सडक निर्माण कार्य पनि तीब्र गतिमा भइरहेको छ। 

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाई रहेको निमार्णधिन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म ११४ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई हलुका सवारीका साधन जीप र ट्रयाक्टर संचालनमा ल्याइएको छ। यातायात संचालनमा ल्याइएसंगै वर्षाैदेखिको सडक सन्जालमा जोडिने डोल्पालीको सपना पुरा हुँदै गइरहेको छ। 

डोल्पालीले यातायात नहुँदा खेप्नु पर्दै आएको समस्यालाई मध्यनजर राख्दै त्रिबेणी करोपगाड हुँदै खदाङ्गको हरियापानीसम्मको सडक खण्डमा जीप ट्रयाक्टर लगायतका हलुका सवारीका साधन र खदाङ्गदेखि चिप्लेभीर सम्मको सडक खण्डमा ट्रयाक्टर संचालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए। त्रिबेणी करोपगाड हुँदै खदाङ्ग सम्मको १४ किलोमिटर सडकमा यातायात संचालनमा ल्याइएसंगै नेपालगन्ज डोल्पाको यात्रा समेत छोटिएको छ। 

नेपाली सेनाले अनेकन भीरपहरा छिचोल्दै नेपालगन्ज डोल्पासम्मको सडक दुरी घटाउँदै सडक पहुँचसंग डोल्पालाई जोड्दै जानथालेपछि पैदल हिडेर जाँदा ४ दिनसम्म लाग्ने नेपालगन्ज, सुर्खेतको यात्रा छोटिएर डेढ दिनमा झरेको त्रिपुरासुन्दरी नगरपालिका–६ का लक्ष्मीकान्त उपाध्यायले बताए। 

सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत डोल्पा रुकुम सिमाना त्रिबेणी बजारदेखि खदाङसम्मको ९ किमी सडकखण्ड निर्माण कार्य पुरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक संञ्जालमा जोेडिएको हो।

आइतबार पूर्वमन्त्री तथा सांसद सत्य पहाडीले त्रिपुरा सुन्दरी नगरपालिका ५ मा पर्ने करोपगाड खदाङ श्रीविण्डे चिप्लेभिर खण्डको ९ किमी सडकखण्डको विधिवत उद्घाटन गरिन। उद्घाटनसँगै रुकुम डोल्पा सिमाना त्रिबेणी बजारदेखि खदाङ्सम्म जीप ट्रयाक्टर लगायतका यातायातका साधनहरु सञ्चालनमा आएका छन्।

प्रकाशित: २६ चैत्र २०७४ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App