७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘नेताहरु परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताएका छन्। 

मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले सरकारमा जाने दलकै विदेश नीतिका कारण बेलाबेलामा जनताले दुःख भोग्नुपरेको बताए। 

अध्यक्ष विजुक्छेले भने, ‘शासक दलका नेता देशको स्वार्थभन्दा आफ्नो स्वार्थमा लिप्त भएका छन्, नेताहरुले परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे, देशको स्वार्थमा लाग्न सकेनन्।’ 

सरकारमा बसेकाले नै शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै उनले शैक्षिक माफिया मौलाउँदै गएकाले गरिबका छोराछोरी गुणस्तरीय शिक्षाबाट बञ्चित हुँदै गएको तर्क गरे। रासस

प्रकाशित: २६ चैत्र २०७४ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App