४ वैशाख २०८१ मंगलबार
राजनीति

श्ववेतपत्रबारे कांग्रेसको धारणा : चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट ग्रसित

काठमाडौं- नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्र चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट आएको बताएको छ। श्वतपत्रबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलव्धिलाई नकार्ने र हामीले शुन्यबाट समृद्धिको शुरुवात गर्न लागेका हौ भन्ने भ्रम स्थापित गर्न खोजेको बताएको छ।

७६ प्रतिशत बढी समय गैरकांग्रेसी नेतृत्वले यो १० वर्षमा मुलुकको नेतृत्व गर्दा जे जति वेथिती भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौ, तर दुई तिहाइ अंश भने कम्युनिष्ट दलहरुकै भागमा पर्ने तथ्य हामी यहाँ प्रष्ट्याउन  चाहन्छौ

'धरासायी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको थियो र हामीले सम्हाल्यौं भन्ने भोलीको चुनावी ऐजेण्डा स्थापित गर्ने मनोविज्ञानको जगमा यो उभिएको प्रष्ट छ', पत्रकार सम्मलेनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने। वितेको २५ वर्षमा ६२ गुणाले राजश्व वृद्धि भएको तथ्य श्वेत पत्रमा कतै उल्लेख नभएको बताउँदै पञ्चायती व्यवस्थाले जाँदै गर्दा हाम्रो हातमा १२ अर्वको राजश्व छोडेको र, आज ७ सय अर्व माथीको आकार बढेको तथ्य भुल्न नमिल्ने उनले बताए। श्वेतपत्र राजनीतिक पूर्वाग्रहबाट ग्रसित भएको कांग्रेसको धारणा छ।

 'कांग्रेसको अर्थनीति गलत छ, शब्दमा भन्ने तर केही “पपुलिष्ट” कार्यक्रम गाँसेर अन्ततः कांग्रेसले रोजेकै अर्थनीति पछ्याउने कर्म विगतमा कम्युनिष्ट नेतृत्वको सरकार र कम्युनिष्ट अर्थमन्त्रीहरुले गर्दै आउनु भएको छ', पत्रकार सम्मेलनमा शर्माले भने, 'अतः “हिड्न नचाहेको तर छोड्न पनि नसक्ने” अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको मनोवैज्ञानिक जमिनमा यो श्वेतपत्र उभिएको प्रष्ट छ।'

श्वेतपत्र निश्चित कालखण्डको छायाँ चित्रका रुपमा इमान्दार ढंगले प्रस्तुत नभएको कांग्रेसको बुझाइ छ। 'विगत १० वर्षमा मुलुकको अर्थतन्त्र बढी विग्रिएको चर्चा श्वेतपत्रमा गरिरहदा के स्मरण गरिनै पर्दछ भने यो दशकमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिष्ट प्रधानमन्त्रीले वा अर्थमन्त्रालयमा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेका थिए,' कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, '७६ प्रतिशत बढी समय गैरकांग्रेसी नेतृत्वले यो १० वर्षमा मुलुकको नेतृत्व गर्दा जे जति वेथिती भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौ, तर दुई तिहाइ अंश भने कम्युनिष्ट दलहरुकै भागमा पर्ने तथ्य हामी यहाँ प्रष्ट्याउन  चाहन्छौ।'

प्रकाशित: २६ चैत्र २०७४ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App