७ वैशाख २०८१ शुक्रबार
राजनीति

कर्णाली प्रदेशमा संसदीय समिति गठन

सुर्खेत – कर्णाली प्रदेश संसदले चार वटा संसदीय समिति गठन गरेको छ। सोमबार बसेको संसदको १० औं बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।

संसद सचिवालयका अनुसार विद्यायन तथा प्रदेश मामिला समितिमा सांसदहरू चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मिनासिंह रखाल सदस्य छन्। यस्तै सार्वजनिक लेखा समितिमा करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनवन्धु श्रेष्ठ र बद्मी क्वारी बोहरा सदस्य छन्।

अर्थ तथा प्राकृतिक स्रोत समितिमा अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, धिरबहादुर शाही, यामलाल कँडेल, सिताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही सदस्य छन् भने सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावति खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य छन्।

समितिका सदस्यहरूको बैठकबाट अध्यक्ष चयन गरिने छ। संसदको आठौं बैठकले समितिका सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो। सभामुख राजबहादुर शाहीका अनुसार चार वटै समितिमा रहने सदस्यहरुको नाम संसद बैठकबाट सर्वसम्मत अनुमोदन भएको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App