४ वैशाख २०८१ मंगलबार
समाज

उर्लाबारीमा चट्याङ लागेर वृद्धको मृत्यु

फाइल फाेटाे

उर्लाबारी –  जहदा गाउँपालिका–१ मा चट्याङ लागेर सोमबार बिहान एक वृद्धको मृत्यु भएको छ। 

खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। 

मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ। एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिए। 

प्रकाशित: २६ चैत्र २०७४ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App