स्पेन– स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी बराबरीमा सकिएको छ। आइतबार राति सम्पन्न खेलमा साविक रियल मड्रिड र एथ्लेटिको मड्रिडको खेल एक–एक गोलको बराबरीमा सकिएको हो।
रियलका लागि स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एन्टोनियो ग्रिजम्यानले बराबरी गोल फर्काए। त्यसपछि निर्धारित र इन्जुरी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो।
बराबरीपछि तेस्रो स्थानको रियल मड्रिड ३१ खेलबाट ६४ अंक सहित चौंथो स्थानमा धकेलिएको छ। एथ्लेटिको मड्रिड भने ३१ खेलबाट ६८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७९ अंक छ।
त्यस्तै रातिनै सम्पन्न अन्य खेलमा भ्यालेन्सियाले स्पानियोललाई १–०, लेभान्टेले लास पालमसलाई २–१ र रियल सोसिडाडले गिरोनालाई ५–० को फराकिलो अन्तरले हराएका छन्।
प्रकाशित: २६ चैत्र २०७४ ०५:४६ सोमबार