फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सोमबार, २६ चैत २०७४, ११ : ०९ नागरिक

राजविराज - सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चाेकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।

बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् सर्ट चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ।आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताए।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

कोका–कोलाले आफ्नो ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउन्ड एक्टिभेसन सुरु गरेको छ । ...

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

Ncell Footer Ad