७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना सकियाे

इङल्याण्ड – साविक विजेता चेल्सीको इङलिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ।

लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी वेष्टह्याम युनाइटेडसँग एक–एक गोलको बराबरीमा रोकिएसँगै यो सिजनमा शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको हो।

खेलको ३६ औं मिनेटमा एज्पिलिक्वेटाको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य भयो। वेष्टह्यामका लागि ७३ औं मिनेटमा हर्नाण्डेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयमा गोल हुन सकेन र दुवै टोलीले एक–एक अंक बाडे।

बराबरीमासँगै ३२ खेल सकिँदा चेल्सी चौथाें स्थानको टोटेनह्यामभन्दा १० अंकले पछि छ। यो खेलमा चेलसी विजयी भएको भए शीर्ष चारमा रहने झिनो सम्भावना कायमै रहने थियो।

त्यस्तै रातिनै भएको अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनलाई ३–२ ले पराजित गरेको छ।

आर्सनलको जितमा डेनी वेल्बेकले २ तथा औवामियङले १ गोल गर्दा पराजित टोलीका लागि लङ र अस्टिनले एक–एक गोल फर्काए। दोस्रो हाफको इन्जुरी समयमा दुवै टिमका एक–एक खेलाडी रेड कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

प्रकाशित: २६ चैत्र २०७४ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App