coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शेरबहादुर प्रतिष्ठानलाई नेरोल्याकको साथ

काठमाडौं – कन्साई नेरोल्याक पेन्ट (केएनपी)ले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय क्लब भलिबल च्याम्पियसिपको मुख्य प्रायोजन गर्ने भएको छ।

प्रतिष्ठान र केएनपी जापानबीच सोमबार सम्झौता भएको थियो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपीका नेपालका लागि कन्ट्री डाइरेक्टर मनोजकुमार मिश्रले हस्ताक्षर गरे।

सम्झौताअनुसार केएनपीले आयोजकलाई वार्षिक ६ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने प्रतियोगिताको नामे केएनपी जापान राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियसिप हुनेछ । मुख्य प्रायोजक केएनपीले सोही कार्यक्रममा प्रायोजन रकमबराबरको चेक हस्तानतरण गर्यो।

मिश्रले नेपालमा राष्ट्रिय खेलको मान्यता पाएको चर्चित खेलमा मुख्य प्रायोजन गर्न पाएको खुसी ब्यक्त गरे । उनले भलिबल सम्भावना बोकेको खेल भएकोले कम्पनीले यसमा लगानी गर्न हात फैलाएको बताए।

प्रतिष्ठानको आयोजनामा वैशाख २१ देखि २५ गते सम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा प्रतियोगिताको चौथो संस्करण हुँदै छ । ६ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसहित न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टिम र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष  रञ्जन खड्काले बताए।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा विधागत उत्कृट पाँच खेलाडी र प्रशिक्षकले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २६ चैत्र २०७४ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App