सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

सोमबार, २६ चैत २०७४, ०९ : ५२ नागरिक

रत्ननगर – चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ। 

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए। 

सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको छ। नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा खनालले भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो। नगरपालिका–१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घर भत्काइएको नगरपालिकाले जनाएको छ। 

दश महिनाको अवधिमा ३० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको नगरपालिकाले जनाएको छ। असारमा रत्ननगर नगरपालिका कार्यपालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो। 

विभिन्न व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यवाहक नगर प्रमुख विमला दुवाडीले बताए। नगरपालिकाले सौराहाचोकबाट उत्तरतर्फ सार्वजनिक जग्गा खोजी गरी त्यहाँ पार्किङ स्थल निर्माणको काम शुरु गरिसकेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad