बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

सोमबार, २६ चैत २०७४, ०८ : २२ नागरिक

खोटाङ – बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । तीन महिना अवधिमा करणी, हिंसालगायतका अपराध बढ्नुको कारण पत्ता लगाउँदै अपराध न्यूनीकरणको उपाय खोजिने जनाइएको छ।

अपराध र रोकथाम तथा न्यूनीकरणका लागि चेतना जगाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला तथा बालबालिकाको शिक्षामा जोड दिने, लैंगिक आधारमा हुने हिंसा तथा विभेद अन्त्यका लागि मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तयार पारिने डिएसपी थापाले बताए।

महिला तथा बालबालिकालाई डरत्रास, धाकधम्की देखाउने र प्रेमविवाहको बहानामा जबरजस्ती करणी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। जिल्लाका सबैभन्दा बढी दिप्रुङ गाउँपालिकाको टेम्मा, साकेला गाउँपालिकाको रतन्छा र बाझेच्यानडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बलात्कारको घटना बढी हुने गरेको प्रहरी प्रतिवेदनले देखाएको छ। प्रहरीका अनुसार अधिकांश पीडित १६ देखि २५ वर्षका छन्। त्यसमध्ये पनि सबैभन्दा बढी १० वर्षदेखि २० वर्ष उमेरका बालिका तथा युवती पीडित भएको डिएसपी थापाले बताए।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ६ महिलामाथि जबरजस्ती करणी भएको र पाँचवटा जबरजस्ती करणी उद्योगको घटना दर्ता भएको थियो। यस्तै, २०७३/७४ मा बलात्कारका १३ वटा घटना र बलात्कार प्रयासका सातवटा घटना दर्ता भएकामा २०७४/०७५ मा पाँचवटा बलात्कार तथा दुई जना बलात्कार प्रयासबाट पीडित बनेको प्रहरीले जनाएको छ। पीडितमध्ये १० देखि २० वर्ष उमेर समूहका १७ जना र २० देखि २५ वर्ष उमेर समूहका ११ जना महिलामाथि यौनहिंसा भएको प्रहरीले जनाएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad