८ वैशाख २०८१ शनिबार
समाज

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं – पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एसोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा चैत २७ देखि २९ सम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

बढ्दो जनसंख्याका कारण भइरहेको वन विनास र वायुमण्डलमा बढ्दो कार्बन मनोअक्साइड, कार्बनडाइअक्साइड र हरितगृह ग्यासको प्रभावले तापक्रम बढेका विषयमा छलफल हुने सम्मेलनमा २० देशका ५ सय विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञहरूको सहभागिता रहने छ।

आयोजक संस्था सोफेनका अनुसार जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन निकै सान्दर्भिक रहने छ। पत्रकार सम्मेलनमा सोफेनका अध्यक्ष रामदीप साहले बढ्दो जनसंख्याका कारण भइरहेको वन विनास र औद्योगीकरणको प्रभावले वायुमण्डलमा थपिँदै गएको कार्बन मनोअक्साइड, कार्बन डाइअक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको बेला सम्मेलन गर्न लागिएको बताए। ‘विश्वव्यापी तापक्रम वृद्धिले जलवायुमा परिवर्तनबाट हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ,’ उनले भने।

अध्यक्ष साहले संसारमा धेरै कुराको विकल्प देखिएको तर पानीको विकल्प नभएको स्पष्ट पारे। स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पु-याउन उद्देश्य राखेर सम्मेलन आयोजना गरिएको उनले बताए।

सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत ५ सय विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहने छ। रासस

प्रकाशित: २६ चैत्र २०७४ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App