सेयर बजारमा चलखेल बढ्यो

मूल्य तलमाथि गर्न अर्थमन्त्री र गभर्नरको बहाना

सोमबार, २६ चैत २०७४, ०७ : ४५ विष्णु बेल्वासे

काठमाडौं – नानाभाँती बहाना र हौवा पिटाएर सेयर मूल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समूहले फेरि एकपटक अर्थमन्त्री र गभर्नरको नाम भजाएर आइतबार सेयर मूल्य बढाएको छ।

स–साना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समूहले आइतबार अर्थमन्त्री र गभर्नरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मूल्य बढाउने खेल खेलेको हो।  दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनेको हौवा पिटाएर मूल्य घटाउन यही समूह सफल भएको थियो । त्यसपछि पनि अर्थमन्त्री खतिवडाको भनाइमा कुनै परिवर्तन आएको छैन।

तर, त्यही समूहले मन्त्री खतिवडा र गभर्नर चिरञ्जीवी नेपालले बजार सुधारका लागि आवश्यक नीति तथा तरलता अभाव समाधान गर्ने उद्घोष गरेको भन्दै आइतबार एकाएक मूल्य बढाएको छ । खतिवडाले अर्थमन्त्रीका कारण नभई कम्पनीको वास्तविक आर्थिक अवस्थाले मात्र सेयरको मूल्य तय हुने प्रस्ट पारेका थिए । दुई–चार दिनमा कुनै पनि कम्पनीको आर्थिक अवस्था धेरै तलमाथि हुँदैन। 

 लगानीकर्ता र स्टक ब्रोकरले अर्थमन्त्री र गभर्नरलाई सेयर बजार सुधार र तरलता समस्या समाधान गर्न अनुरोध गर्दै आएका छन् । यस क्रममा गत बुधबार लगानीकर्ता र स्टक ब्रोकरले भेट्दा बजार सुधारका लागि नीतिगत कार्यक्रम ल्याउने अर्थमन्त्रीले वचन दिएका थिए । अर्थमन्त्रीको यही आश्वासनलाई भजाएर आइतबार मूल्य बढाइएको हो  ।चलखेलमा संलग्न समूहले बिहीबारै बजार बढाएको थियो । त्यस दिन नेप्से करिब २४ बिन्दुले बढेको थियो । आइतबार ४४.२६ बिन्दुले बढेर नेप्से एक हजार दुई ९४ मा पुगेको छ।

अर्थमन्त्रीले नीतिगत सुधार गर्ने बताएपछि सेयर बजारमा सुधार आएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । ‘सरकारप्रति नकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ता र अर्थमन्त्रीसँगको भेटपछि बजार बढेको हो,’ उनले भने, ‘भेटमा अर्थमन्त्रीले बजार सुधारका लागि आवश्यक नीति ल्याउने वचन दिनुभएको थियो।’

गभर्नर नेपालले पनि पछिल्लो समय बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को समस्या छिट्टै समाधान गर्ने बताउँदै आएका छन् । तरलता अभाव अन्त्य भए सेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा लगानीकर्ताको छ।

यसले बजार सुधार्न मद्दत गर्छ । चालुु आर्थिक वर्षको सुरुदेखि बैंक, वित्तीय संस्थाले लगानीयोग्य रकम अभाव खेपिरहेका छन् ।बैंकमा रकम अभावले ७–८ प्रतिशत रहेको सेयर धितो कर्जाको ब्याज १४–१५ प्रतिशत पुगेको छ । ब्याजदर उच्च भएकै बेला सेयर मूल्य पनि घटेपछि साना लगानीकर्ता आत्तिएर बेच्न बाध्य भएका हुन्।

राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिँदा बजार मूल्यको ५० प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ । कर्जा लिँदाको समयभन्दा अहिले कतिपय कम्पनीको सेयर मूल्य आधाभन्दा तल झरेपछि बैंकहरुले कर्जा तिर्न ताकेता गरेका छन् । यही कारण सेयर बेच्न दबाब परेको हो ।
राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरेको छ।

यसले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएकाले बजार मास्तिर उक्लेको विश्लेषकको भनाइ छ ।
सेयरमा ‘सिजन’ र ‘अफ सिजन’को चर्चा गरिन्छ । चैतअघिको समयलाई ‘अफ सिजन’ र पछिको समयलाई ‘सिजन’का रुपमा लिने गरिन्छ । केही ब्रोकर भने नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गर्न थालेकाले सुधार आएको बताउँछन्।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad