coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सहकारी स्थानीय तहलाई हस्तान्तरण

रसुवा– रसुवाको पाँचवटा गाउँपालिकामा क्रियाशिल रहेका ८३ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका एक सय १४ सहकारी संस्थामध्ये ८३ वटा स्थानीय तहलाई र ३१ वटा प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गरिएको हो।

गाउँपालिकाभित्र मात्रै कार्यक्षेत्र बनाएका सहकारी गाउँपालिका कार्यालयलाई र गाउँपालिकाभन्दा बाहिर समेत कार्यक्षेत्र बनाएका सहकारीलाई प्रदेशमा हस्तान्तरण गरिएको सहकारी डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख शंकरराज पाठकले बताए।

कार्यालयले रसुवाको सदरमुकाम धुन्चेमा सहकारी संस्थाको अभिलेख हस्तान्तरण तथा स्थानीय तहका पदाधिकारी र अधिकृतहरुको अनुशिक्षण कार्यक्रम आयोजना गरेर गाउँपालिकामा मात्रै कार्यक्षेत्र बनाएका सहकारी हस्तान्तरण गरेको डिभिजन प्रमुख पाठकले बताए।

गोसाइँकुण्डको ३३ सहकारीमध्ये २८, कालिकाको २४ सहकारीमध्ये १६, आमाछोदिङ्मोको २२ सहकारीमध्ये १३, उत्तरगयाको १९ सहकारीमध्ये १४ र नौकुण्डको १६ सहकारीमध्ये १२ वटा सहकारी सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ।

गोसाइँकुण्डको पाँच, कालिकाको आठ, आमाछोदिङ्मोको नौ, उत्तरगयाको पाँच र नौकुण्डको चारवटा सहकारी प्रदेशमा हस्तान्तरण हुने डिभिजन प्रमुख पाठकले बताए।डिभिजन प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र निमित्त प्रमुख जिल्ला अधिकारीले पाँचवटै गाउँपालिकाका अध्यक्षलाई फाइल हस्तान्तरण गरेका छन् । प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत सहभागी छन्।

प्रकाशित: २६ चैत्र २०७४ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App