७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिँचाइ दिवसमा उत्कृष्ठलाई सम्मान

काठमाडौं – सिँचाइ दिवस तथा ६५ औं वार्षिकोत्सवका अवसरमा तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विभिन्न जल उपभोक्ता, आयोजना तथा कर्मचारीलाई सम्मान गरिएको छ ।वर्षभरि गरिएको कामको मूल्यांकनको आधारमा सिँचाइ विभागले दिवसको अवसरमा आइतबार विशेष कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो।

सम्मानीत हुनेहरूमा जल उपभोक्ता समूहको तर्फबाट सुनसरी–मोरङ सिँचाइ आयोजना अन्तर्गतको मानिक चौरी शाखा हो । त्यस्तै रानीजमरा–कुलरिया सिँचाइ आयोजना अन्तर्गत कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष रवीलाल चौधरी पनि सम्मानित भए । चौधरीले ५० वर्षदेखिको कुलोको संरक्षणमा चासो देखाउँदै आएका छन्।

त्यस्तै देशभरिका सिँचाइ आयोजना र कार्यालयमध्येबाट धनकुटाको सिँचाइ विकास डिभिजन, कञ्चनपुरको मोहना सिँचाइ व्यवस्थापन डिभिजन, चितवनको भूमिगत जल सिँचाइ डिभिजन र भेरी–बबई डाइभर्सन बहुउद्देश्यिय आयोजना छन्।

दिवसको अवसरमा सम्मानित हुने कर्मचारीहरूमा आयोजना निर्देशक शशीबहादुर विष्ट, सिडिईद्वय अनुपकेशर थापा र मेघनाथ शर्मा छन् । त्यस्तै डिभिजन प्रमुखहरू बद्रीबहादुर कार्की, प्रसुन मिश्र, महेश थारु, कृष्णबहादुर बिक, नरेन्द्र खत्री र राजु आचार्य पनि उत्कृष्ठ कर्मचारीको रूपमा सम्मानित भए।

विभागले सवडिभिजन प्रमुखद्वय माहेन आचार्य र छवीराज जोशी तथा इञ्जिजियरहरू मनोज पन्थ, दिपीका शर्मा र सवइञ्जिनियर जीतेन्द्र चौधरीलाई  पनि सम्मान गरेको छ ।
त्यस्तै कर्मचारीहरू दशरथ राम, जानकी भट्ट, दिवस भट्टराई, सानुकान्छा महर्जन र लक्ष्मी सिलवालसमेत सम्मानित भए । विभागले पूर्व महानिर्देशकमध्येबाट भुवनेशकुमार प्रधानलाई दीर्घसेवाले सम्मान गर्‍यो ।
 

प्रकाशित: २६ चैत्र २०७४ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App