जुत्ताचप्पल मेला लम्बियो

दैनिक तीन हजार जोर जुत्ताचप्पल बिक्री

सोमबार, २६ चैत २०७४, ०६ : २० नागरिक

काठमाडौं – राजधानीको भृकृटीमण्डमा जारी जुत्ता–चप्पल मेलामा प्रयोगकर्ताको आकर्षण बढेपछि मेला लम्बिएको छ । आइतबारसम्मको लागि आयोजना गरिएको मेला उपभोक्ताको मागलाई ध्यानमा राखेर आगामी बुधबार(चैत २८ गते) सम्मको लागि लम्ब्याएको आयोजकले जनाएका छन्।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजना र नेपाली जुत्ताघरको सहआयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक गतेदेखि मेला आयोजना गरिएको थियो । मेलामा जुत्ताचप्पल किन्नेको लर्को लागेको छ।

विशेष छुटका साथ जुत्ताचप्पल बिक्री गरेपछि फुटवेयर बिजनेस एक्स्पोमा चाप बढेको छ । १५ देखि ७० प्रतिशतसम्म छुट दिएर २४ उद्योगका करिब तीन हजार डिजाइनका जुत्ताचप्पल बिक्रीमा राखिएकाले उपभोक्ताले छानी–छानी किन्ने अवसर पाएका छन्।

पसल चाहार्नभन्दा एकै ठाउँमा जुत्ता किन्न पाइने भएकाले उपभोक्तालाई पनि सजिलो भएको छ ।विद्यार्थी, कर्मचारीदेखि युवायुवतीले छानी–छानी जुत्ताचप्पल किनिरहेका छन् । मेलामा महिला पुरुष परिवारसहित जुत्ताचप्पल किन्न पुगेका छन् । दैनिक तीन हजार जोरभन्दा बढी जुत्ताचप्पल बिक्री भइरहेको मेलाका संयोजक होमनाथ उपाध्यायले बताए।

‘जुत्ताचप्पल किन्न आउनेको संख्या नघटेपछि तीन दिनको लागि मेला लम्ब्याएका छौं,’ उपाध्यायले भने, ‘सस्तो मूल्यमा रोजेर नयाँ–नयाँ डिजाइन किन्न पाइने भएकाले पनि आकर्षण बढेको हो।’मेलामा करिब तीन हजार डिजाइनका जुत्ताचप्पल बिक्रीमा  राखिएको छ । एक सय ४० स्टल रहेका छन् । मेलाले स्वदेशी नेपाली छालाजुत्ता प्रवद्र्धनमा टेवा पुगेको छ।

कम्पनीले वारेन्टी सहित विभिन्न अफर सञ्चालन गरेका छन् । उपभोक्तामाझ स्वदेशी ब्रान्डका जुत्ता प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रयोगकर्ताको आकर्षणले पुष्टि गरेको छ । नेपाली जुत्ता टिकाउ र गुणस्तरीय भएकाले पनि आकर्षण बढेको हो । स्वदेशी जुत्ताले नेपाली बजारको करिब ६० प्रतिशत ओगटेको छ । मेलामा पाँच करोडको व्यापार हुने आयोजकको अपेक्षा छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad