८ वैशाख २०८१ शनिबार
राजनीति

मेरो भारत भ्रमण तस्बिरजस्तो प्रष्ट छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। भारतको ३ दिने राजकीय भ्रमण सकेर फर्किएका प्रम ओलीले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणमा विभिन्न विषयमा सकारात्मक सम्वाद भएको जानकारी दिए। ‘हाम्रो भ्रमण यथार्थ कुरामा अघि बढ्यो, उपलब्धिपूर्ण कुरामा अघि बढ्यो,’ उनले भने।

भारतमा रहँदा आफूले ‘हाम्रो वैदेशिक सम्बन्ध मित्रताबाट प्रस्थान हुन्छ, त्यसैगरी मित्रताबाट प्रस्थान हुँदै खुलस्त, खुलापन र पारस्परिक हितमा हुन्छ। एकअर्काको सार्वभौसत्ता, हित र स्वाभिमानको सम्मान र पारिस्परिक लाभको आधारमा न्यायोचित हुनुपर्छ र त्यसबाहेक अन्य ढंगले सञ्चालित गर्न खोजियो भने न्यायोचित हुँदैन्’ भनेको बताउँदै ओलीले भारतले यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको बताए।

उनले आफ्नो भ्रमण तस्बिरजस्तो प्रष्ट भएको जिकिर गरे। ‘तस्बिर आफै बोल्छ, मैले धेरै भनिराख्नुपर्ला र’, सञ्चारकर्मीको प्रश्नमा ओलीले भने– ‘नेपाल भारत सम्बन्ध पारस्परिक हितमा अघि बढ्छ।’

नेपालको लोकतान्त्रिक प्रक्रिया र जनताको अभिमतलाई भारतले स्वागत गरेको जानकारी गराउँदै उनले आफूले नेपाली जनताको अभिव्यक्ति, भावनाको प्रतिनिधित्व गरेको स्पष्ट पारे।

प्रकाशित: २५ चैत्र २०७४ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App