७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु

चैनपुर– संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ३ को तिखे ढुंगामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। चैनपुर नगरपालिका २ मा पर्ने पिलुवा हाइड्रो पावरको बिजुलीको पोल बोकेको को २ त ५८०५ नं. को ट्याक्टर आइतबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा परी हाइड्रोका मजदुर संखुवासभा मादी नगरपालिका ७ का ३० वर्षीय राजेन्द्र राई र सोही स्थानका ३२ वर्षीय हर्क बहादुर राईको घटना स्थलमा नै ज्यान गएको हो। ट्याकटरमा सवार मादी कै १८ वर्षिय टंक पौडेलको उपचारको क्रममा चैनपुर अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

ट्याक्टरका चालक सुनसरीका रमेश श्रेष्ठलाई प्रहरीले नियनत्रणमा लिएको छ। सहचालक सांगे शेर्पा फरार रहेको प्रहरीले जनाएको छ। ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।

यता आइतबार नै भएको ट्याक्टर दुर्घटनामा संखुवासभाको चिचिला गाउँपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापाको ज्यान गएको छ। चिचिला गाउँपालिका वडा नं. १ कागते स्थित को २ त ५९८ नं. को ट्याक्टरमा चढ्ने क्रममा थापा लडेर घाइते भएका थिए। उनको उपचारको क्रममा खाँदबारी जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। ट्याक्टरका चालक सोही गाउँपालिका वडा नं. २ का उमेश राई प्रहरीको नियन्त्रणमा छ।

प्रकाशित: २५ चैत्र २०७४ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App