coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

रौतहट-रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटको गढीमाई नगरपालिका वार्ड नम्बर २ हथिऔल टोलका प्रभु बैठाको ५ वर्षका छोरा विकास बैठा र स्थानीय अन्होती दासको ७ वर्षका छोरा रविलाल दासको ट्रयाक्टर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराएका छन्।

प्रकाशित: २५ चैत्र २०७४ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App