७ वैशाख २०८१ शुक्रबार
खेल

आईपीएल : दिल्लीद्वारा पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत

मुम्बई– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार अपराह्न पञ्जाब क्रिकेट एशोसियसन स्टेडियम मोहलीमा टस हारेर व्याटिंगको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो। दिल्लीका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ५५ रन बनाए। ४२ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे।

रिसभ पन्त २८ मा समेटिदा क्रिश मोरिसले १६ बलमा १ चौका र १ छक्कासहित नटआउट २७ रन जोडे। १३ बल खेलेका पन्त ४ चौका र १ छक्कासहित आउट भए। विजय शंकर र डेनियल क्रिस्टियनले समान १३–१३ र शेरियस ऐरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ पञ्जाबका मोहित शर्मा र मुजिब अर रहमानले २–२ विकेट लिए। रवीचन्द्रन अश्वीन र अक्षर पटेलले समान १ विकेट लिए।

अहिले पञ्जाबले जवाफी व्याटिङ गरिरहेको छ।

प्रकाशित: २५ चैत्र २०७४ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App