coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिवाइसी अत्तरिया डीपीएलको प्लेअफमा, विराटनगर बाहिरियो

धनगढी – सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। वर्षाले मैदान हिलो भएका कारण कारण ६ ओभरमा छोट्याइएको खेलमा सिवाइसी अत्तरियाले विराटनगर किङसलाई ६ विकेटले पराजित गरेको हो।

विराटनगरले प्रस्तुत गरेको ५६ रनको लक्ष्य अत्तरियाले ५.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। ४ रन जोड्दा २ विकेट गुमाएको अत्तरियाका लागि बिपिन चन्दा र दिपेन्द्रसिंह ऐरीकाे जाेडिले जित तर्फ डोहोर्याएका थिए। बिपिन चन्दाले १३ बलमा ५ चौंकाको सहायतामा नटआउट २६ र दिपेन्द्रसिंह ऐरीले १५ बलमा २ छक्काको मद्दतमा १५ रनको योगदान दिए। बलिङ तर्फ विराटनगरका रामनरेश गिरी र कप्तान पारस खड्काले दुई– दुई विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले ६ ओभरमा २ विकेट गुमाउदै ५५ रन बनाएको थियो। विराटनगरका लागि अनिलकुमार शाह र दिलिप नाथले समान १५–१५ तथा बाबर हयातले १४ र कप्तान पारस खड्काले ९ रनको योगदान दिए। पहिलो २ ओभरमा दशको रनरेट राखेको विराटनगरका खेलाडीले ४ र ५ ओभरमा भने कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।

अन्तिम बलमा भने दिलिपले छक्का प्रहार गरेका थिए। बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ ओभरमा १८ रन दिएर २ तथा सुभाङकर उराउले १ ओभरमा ९ रन दिएर १ विकेट लिए।

यो सँगै प्लेअफमा पुग्ने सबै ४ टोलीको टुंगो लागेको छ। यसअघि नै काठमाडौं गोल्डेन्र्स,टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड प्लेअफमा प्रवेश गरिसकेका छन्।

प्रकाशित: २५ चैत्र २०७४ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App