८ वैशाख २०८१ शनिबार
खेल

दिल्लीले पञ्जाबको सामना गर्दै, सन्दिपको खेल्ने सम्भावना कति ?

काठमाडाै‌ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र  किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बाट पञ्जाबको मुहालीमा सुरु हुनेछ।

आजको यो खेललाई नेपाली क्रिकेट प्रेमीले निकै महत्वका साथ लिएका छन्। किनकी नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टोली दिल्ली डेयर डेभिल्सले पञ्जाबको सामना गर्दैछ। सन्दिपले आजको खेलमा प्लेइङ ११ मा पर्छन या पर्दैनन् सबैका लागि निकै चासोको विषय बनेको छ।

१७ वर्षकै उमेरमा क्रिकेटमा जमिसकेका सन्दिपलाई दिल्लीले निकै महत्व दिएको छ। सन्दिप आवद्ध टोली दिल्लीको कप्तान गौतम गम्भिर र पञ्जावको कप्तान रविचन्द्र आश्विन रहेका छन्। पञ्जाबको घरेलु मैदानमा हुने खेल दिल्लीलाई भने त्यति सहज छैन्।

दिल्लीका अष्ट्रेलियन प्रशिक्षक रिकी पोन्टीङले सन्दीपको खेलको निकै प्रशंसा गर्दै प्लेइङ ११ मा पर्ने सम्भावना रहेको यस अघि नै संकेत गरिसकेका छन्। दिल्लीले यसअघि सन्दिपले खेलेका प्रत्येक खेललाई निकै महत्व दिएकाले सन्दिपको खेल्ने सम्भावना प्रवल रहेको छ।

सन्दिपसँग राम्रो प्रतिभा र  अभ्यासका क्रममा नथाक्ने जोश रहेको प्रशिक्षक पोन्टीङले बताइसकेका छन्। तर आजको खेलमा सन्दिपले खेल्न पाउने या नपाउने उल्लेख गरिएको छैन्।

प्रकाशित: २५ चैत्र २०७४ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App