coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोटाङको दोश्रो ठूलो सामुदायिक वनमा भीषण डढेलो

 खोटाङ– खोटाङकै दोश्रो ठूलो सामुदायीक वनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा शनिबार बिहान ९ बजेबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए । 

पूर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ। ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढा–टाढा समेत देखिएको छ । शनिबार दिनभर दुई सयको हाराहारीमा स्थानीय भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष ढकालले बताए। जोगाउने प्रयासका बावजुद पनि जंगलबाट आएको आगोको लप्कोले तेजबहादुर राईको मतान जलेको छ । ‘डढेलोबाट खनाल बस्ती, ढकालबेँसी र राई गाउँका बस्ती जोगाउन हम्मे पर्‍यो,’ ढकालले भने, ‘साँझसम्म निभाउने प्रयास गर्दा पनि सकिएन । डढेलो जंगलको मध्य भागतर्फ फैलँदै गएको छ।’ 

जंगल सकिएपछि मात्र डढेलो आफै नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको हो। नियन्त्रणमा लिन कठिनाई भएपछि स्थानीयले आइतबार आगो निभाउने प्रयास गरेका छैनन् । उनीहरु बस्तीतर्फ आउने डढेलो नियन्त्रणमा मात्र केन्द्रित बनेका छन्। 

डढेलो निभाउनेक्रममा स्थानीय बिप्लव राई घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको ढकालले बताए। 

प्रकाशित: २५ चैत्र २०७४ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App