coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान – अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्। 

सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन्। 

उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन्। 

शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले सुरक्षा कारबाही सुरु गरेको सरकारी अधिकारीहरुद्वारा जारी वक्तव्यमा जनाइएको छ। 

यस घटनामा परी कुनै आम नागरिकको मृत्यु वा घाइते भने नभएको वक्तव्यमा स्पष्ट पारिएको छ। 

प्रकाशित: २५ चैत्र २०७४ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App